शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
समाचार अर्थतन्त्र

अन्डाको मूल्य बढ्यो, लागत नउठ्दा चिन्तित किसानलाई राहत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
अन्डाको मूल्य बढ्यो, लागत नउठ्दा चिन्तित किसानलाई राहत
काठमाण्डौं, वैशाख १४ :

पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अन्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अन्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०,  मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि  ठूलो अन्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।  सङ्घको हिजो सम्पन्न छलफलले अन्डाको मूल्य बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

एक्सएल अन्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०,ठूलो अन्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उहाँले बताउनुभयो । नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अन्डाको मूल्य उच्च हुँदा ठूलो अन्डा प्रतिपेटी रु तीन हजार छ सय ७५ सम्म पुगेको थियो ।

सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अन्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उहाँले भन्नुभयो,“गर्मीका कारण अन्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अन्डाको मूल्य बढेको हो ।”उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अन्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”,उहाँले भन्नुभयो,“अन्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।

अहिले दैनिक ३० लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको छ । नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार