दार्चुला, वैशाख १४ :

सुदूरपश्चिम प्रदेशको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार नेपाल–भारत सीमा नजिकैको क्षेत्र उत्तराखण्ड प्रदेशको सुवा भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।