काठमाडौँ, भदौ १५ :

काठमाडौँबाट भारतको दिल्लीका लागि हिजो राति ९:३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द गरेर यात्रुलाई फर्काइएको छ ।

अन्तिम समयमा उडान रद्द भएको तर कारण केहो भन्ने बारे जानकारी नदिइएको यात्रुहरुको गुनासो छ।

राति अबेर यात्रुलाई लाजिम्पाटस्थित होटल र्‍याडिसनमा राखिएको छ ।

उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर उडान रद्द भएको  थियो ।

यसैबीच, एअरपोर्ट सुरक्षा निकायले भने पाइलटको उडान अबधि हिजोका  लागि पूरा भएको र अधिक समय उडाउन नपाउने हुँदा उडान रद्द गर्नुपरेको जानकारी दिएको छ ।

एअर इन्डियाका ड्युटी अधिकारीहरुले आज दिउँसो १ बजेपछि मात्र उडान हुने बताएका छन ।।