काठमाण्डौं, वैशाख १५ :

विपक्षी दलहरूले शिक्षकका माग सम्बोधनका लागि संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव लगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सो प्रस्ताव लगेका हुन् ।

प्रमुख सचेतक पाण्डे प्रस्तावक रहेको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले समर्थन गरेका छन् ।

यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पनि समर्थन गरेका छन् ।