काठमाडौं, वैशाख १५ :

मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौंमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले ठोस निर्णय गर्नुपर्ने अवस्था छ । यस्तै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक नियुक्तिबारे पनि निर्णय हुनसक्ने जनाइएको छ ।