शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

उपचारका लागि छुटेका धवलशमशेर पुनः राजावादी आन्दोलनमा सक्रिय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ वैशाख, २०८२ मा प्रकाशित
उपचारका लागि छुटेका धवलशमशेर पुनः राजावादी आन्दोलनमा सक्रिय
काठमाडौं, वैशाख १५ :

 स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा रिहा भएका राप्रपाका महामन्त्री धवलशमशेर राणा फेरि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सक्रिय भएका छन्।

राणा राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन्।

यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको आन्दोलनमा सहभागी भएका राणा त्यही दिन प्रहरीले पक्राउ गरेका थिए। उनी वैशाख ७ गते स्वास्थ्य उपचारका लागि हाजिरी जमानीमा छुटेका थिए।

उनीसँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै थुनामै रहेका छन्। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार