काठमाडौं, वैशाख १५ :

नेपाल प्रहरीले एसपीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (आज ) ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको जनाएको छ ।

प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार अनन्तराम शर्मालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ । अनुपम श्रेष्ठलाई पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, जनकपुर धनुषामा अमरेन्द्रबहादुर सिंहको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयबाट जारी सूचीमा उल्लेख छ ।

यसैगरी, खड्कबहादुर खत्री कञ्चनपुर जिल्लाको प्रहरी प्रमुखका रूपमा पठाइएका छन् । ठाकुरप्रसाद पोखरेललाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा जिम्मेवारी दिइएको छ ।

दधिराम न्यौपाने स्याङ्जाको प्रहरी कार्यालयमा सरुवा भएका छन् भने नारायणप्रसाद अधिकारीलाई गुल्मी जिल्लाको प्रहरी प्रमुख बनाइएको छ ।

नेपाल प्रहरीको नियमित सरुवाअन्तर्गत गरिएको यो निर्णयले संगठनात्मक व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

हेर्नुहोस् को-कहाँ भए सरुवा :

1
2
3
4
5
6
7