
काठमाडौं, वैशाख १६ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले सहकारी पीडित महिलाहरूलाई अर्धनग्न प्रदर्शन गर्न सरकारले नै बाध्य पारेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको शून्य समयमा मंगलबार उनले आफ्ना दिदीबहिनीहरूलाई अर्धनग्न प्रदर्शन गर्न बाध्य नपार्न पनि आग्रह गरिन्। ‘यो सरकार सुन्दैन , बोल्दैन र केही पनि काम गर्दैन,’उनले भनिन् , ‘यो सरकार निकम्मा, नालायक र लाटो छ ।’
महिलाहरू समाज,घर र परिवारको इज्जत भएको जनाउँदै उनले अर्धनग्न दिदीबहिनीहरूको शरीर न सत्तापक्षले देख्यो न प्रतिपक्षले भन्दै दुःख व्यक्त गरिन्। सहकारी पीडितका समस्याहरुलाई तत्कालै समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्ट भएको समेत आरोप लगाइन्