शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति शिक्षा

महेश बर्तौलाको भन्छन् : साँझसम्ममा शिक्षक आन्दोलनले निकास पाउनेमा आशावादी छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
महेश बर्तौलाको भन्छन् : साँझसम्ममा शिक्षक आन्दोलनले निकास पाउनेमा आशावादी छु
काठमाडौं, वैशाख १६ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा  शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको बताए । उनले साँझसम्ममा निकास निस्कने विश्वास व्यक्त गरे ।

बर्तौलाले सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको बताए । आज साँझसम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उनले बताए।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार