बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रपतिले शुक्रबार संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
राष्ट्रपतिले शुक्रबार संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
फाइल तस्बिर।
काठमाडौं, वैशाख १६ :

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ ।

सभामुख घिमिरेले शुक्रबार अपराह्न  २ : ४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरुलाई आग्रह गरेका छन् । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार