काठमाडौं, वैशाख १७ :

सरकार र आन्दोलरत शिक्षक पदाधिकारीबीच वार्ता जारी रहेको छ । शिक्षा मन्त्रालयमा भएको छलफलले मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्न सकिने मागहरुको विषयमा टुंगो लगाउने छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजेका छन् ।  ऐन आउने सुनिश्चिता भएमा २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने पक्षमा शिक्षक महासंघ रहेको छ ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक, सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि वार्तामा सहभागी छन् ।

यस्तै संसद‍्को शिक्षा, स्वास्थ्य समितिका सभापति अमरबहादुर थापा र  उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि सहभागी छन् । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।