शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

शिक्षा मन्त्रालयमा सरकार र शिक्षक प्रतिनिधिबीच वार्ता जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
शिक्षा मन्त्रालयमा सरकार र शिक्षक प्रतिनिधिबीच वार्ता जारी
काठमाडौं, वैशाख १७ :

सरकार र आन्दोलरत शिक्षक पदाधिकारीबीच वार्ता जारी रहेको छ । शिक्षा मन्त्रालयमा भएको छलफलले मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्न सकिने मागहरुको विषयमा टुंगो लगाउने छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजेका छन् ।  ऐन आउने सुनिश्चिता भएमा २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने पक्षमा शिक्षक महासंघ रहेको छ ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक, सत्तारुढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि वार्तामा सहभागी छन् ।

यस्तै संसद‍्को शिक्षा, स्वास्थ्य समितिका सभापति अमरबहादुर थापा र  उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि सहभागी छन् । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार