
मेष : पढाइकै शिलशिलामा यात्राको अवसर जुर्नेछ । शत्रु परास्त हुनेछन् ।
वृष : मिहिनेतको फलले आत्मविश्वास बढाउनेछ । प्रेममा सन्तुष्टि मिल्नेछ ।
मिथुन : कामबाटै आफन्तको मन लोभ्याउन सकिनेछ । रमाइलो जमघट हुनेछ ।
कर्कट : मिहिनेतले सफलता प्राप्त हुनेछ । स्वादिष्ट भोजनको योग छ ।
सिंह : बुद्धिको उपयोगले सम्पत्ति लाभ हुनेछ । विदेश यात्राको सम्भावना छ ।
कन्या : पढाइ-लेखाइमा सुधार हुनेछ । व्यापारमा समयले साथ दिनेछ ।
तुला : आफन्तको निम्तो आउनेछ । देश-विदेशको यात्राको सम्भावना जुर्नेछ ।
वृश्चिक : नोकरीमा बढुवा हुने योग छ । नयाँ कामको प्रस्ताव आउनेछ ।
धनु : सफलता हात पार्न सकिनेछ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला ।
मकर : सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । आफन्त तथा जीवनसाथीको साथ पाइनेछ ।
कुम्भ : रोकिएका काम पूरा हुनेछन् । विदेशी सामानको व्यापार फस्टाउनेछ ।
मीन : बौद्धिक क्षमता बढ्ने । रोजगारी सिर्जना गरी लाभ लिन सकिनेछ ।