
कञ्चनपुर, वैशाख १७ :
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘तराई-मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको सकिएको छ ।
कञ्चनपुरको भीमदत्तनगर भएको कार्यक्रमसँगै माओवादीको तराई-मधेस जागरण अभियान समापन भएको हो ।
अभियानको अन्तिम दिनसम्म आइपुग्दा माओवादी केन्द्रको टोलीले कञ्चनपुरका विभिन्न स्थानमा सहिद, बेपत्ता, अपांगता तथा पीडित परिवारसँग भेटघाट गर्दै जनताका मुद्दा, अधिकार र विकासका विषयमा संवाद गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
समापन समारोहमा पार्टी अध्यक्ष दाहालसँगै शीर्ष नेताहरू सहभागी बने ।