बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

ठोस प्रस्ताव नगरे रुस-युक्रेन मध्यस्थताबाट हट्ने अमेरिकाको धम्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
ठोस प्रस्ताव नगरे रुस-युक्रेन मध्यस्थताबाट हट्ने अमेरिकाको धम्की
काठमाडौं, वैशाख १७ :


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले  रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए तर उनले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिनसक्ने सुझाव दिएका छन् ।

‘हामी अहिले यस्तो समयमा छौँ जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने बारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ,’ विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भने, ‘यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौँ ।’

उनले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताए ।राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहनुहुन्छ भन्ने सङ्केत दिए ।

एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिन शान्ति चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मलाई लाग्छ उहाँले चाहनुहुन्छ ।’

पुटिनले हालै द्वितीय विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका लागि आगामी हप्ता मस्कोको सम्झनामा तीन दिने युद्धविरामको प्रस्ताव राखे।

तर उनले युक्रेन–समर्थित ३० दिनको युद्धविरामको अमेरिकी आह्वानलाई अस्वीकार गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार