
काठमाडौं, वैशाख १७ :
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा बुधबार (आज) भएको वार्तापछि सरकार र आन्दोलनरत शिक्षकबीच सहमति जुटेको हो ।
दुवै पक्षबीच विद्यालय शिक्षा ऐन आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । शिक्षा ऐन जारी गर्नलगायत माग राखी शिक्षकहरुले झन्डै एक महिनादेखि राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
आजको सहमतिलाई मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने पनि तयारी छ । मन्त्रिपरिषद्को निर्णयसँगै आन्दोलनरत शिक्षकहरु विद्यालय फर्किएर नियमित काममा लाग्ने अपेक्षा गरिएको छ ।