
काठमाडौं, वैशाख १८ :
सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको हो ।
आजको दिनमा सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द छन् ।
नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।