काठमाडौं, वैशाख १८ :

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरे ।

त्यस अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्बिरमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरियो । आज कर्मचार्यको शतवार्षिकी पनि हो ।