
मेष : इच्छाशक्ति बढ्नेछ । कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।
वृष : रचनात्मक कार्य हुनेछ । पारिवारिक जमघट हुने अवसर छ ।
मिथुन : स्वादिष्ट भोजनको आनन्द पाइनेछ । मान–सम्मान पाइनेछ ।
कर्कट : साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको डोरी कसिलो बन्नेछ ।
सिंह : बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सकिनेछ । रोकिएका काम आरम्भ हुनेछन् ।
कन्या : शत्रुको मनोबल कमजोर हुनेछ । हौसला बढ्ने योग छ ।
तुला : पुराना शत्रुले पनि मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने कार्यारम्भ हुनेछ ।
वृश्चिक : विज्ञको मार्गदर्शन पाइनेछ । लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु : मनमा शान्ति छाउनेछ । अध्ययनमा उपलब्धि हुनेछ ।
मकर : हिम्मतले जटिल काम सम्पन्न हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कुम्भ : रोकिएका काम पूरा होलान् । आफन्तजनको सहयोग मिल्नेछ ।
मीन : समय उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ ।