उदयपुर, वैशाख १८ :

उदयपुरको कटारी नगरपालिका ६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा जिप (स्कार्पियो) दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका कानुन अधिकृत माधवप्रसाद बस्नेत रहेका छन् । उनको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चितवनबाट झापातर्फ जाँदै गरेको मे.१च ३०४० नम्बरको जिप बिहीबार आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।