
काठमाडौं, वैशाख १९ :
प्रधानमन्त्री केपी ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले आज (शुक्रबार) शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसीसम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।