बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमाले संसदीय दलको बैठक, सदनमा खेल्ने भूमिकाबारे छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
एमाले संसदीय दलको बैठक, सदनमा खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं, वैशाख २० :

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकारीनिवास बालुवाटारमा बैठक बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार दलका तर्फबाट सदनमा खेल्ने भूमिकाबारे पनि छलफल हुनेछ ।

-फाइल तस्बिर
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार