काठमाडौं, वैशाख २० :

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकारीनिवास बालुवाटारमा बैठक बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार दलका तर्फबाट सदनमा खेल्ने भूमिकाबारे पनि छलफल हुनेछ ।

-फाइल तस्बिर