
काठमाडौं, वैशाख २१ :
मेष : नयाँ सम्बन्ध जोडिन सक्छ । स्वास्थ्य सबल रहनेछ ।
वृष : धार्मिक कार्यमा रुचि बढ्नेछ । धनसञ्चयको अवसर प्राप्त हुनेछ ।
मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ । रमणीय यात्राको योग छ ।
कर्कट : स्वास्थ्यमा सुधार आउनेछ । परोपकारजन्य काममा लगाव बढ्नेछ ।
सिंह : मनमा रहेको दुविधा हट्नेछ । समाजसेवामा मन लाग्नेछ ।
कन्या : शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
तुला : प्रेमीको सहयोग पाइनेछ । आँटेको काम पूरा होला ।
वृश्चिक : पराक्रम बढ्नेछ । गरेको काममा प्रगति हुनेछ ।
धनु : मनमा उत्साह छाउला । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ ।
मकर : पुरानो समस्या सुल्झिनेछन् । जीवनसाथीको सल्लाहमा गरिएको काम सफल हुनेछ ।
कुम्भ : पुनर्मिलनको योग छ । अधिक सफलता मिल्नेछ ।
मीन : टाढाका आफन्तजनसँग भेटघाट हुनेछ । शुभ कार्यमा मन जानेछ ।