
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २,६२०.३९ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेको छ ।
३२२ कम्पनीका दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँबराबरको कारोबार भएको छ ।
बैंक, विकास बैंक, होटेल, उत्पादन र निर्जीवन बिमा समूहको सूचक बढ्दा वित्त समूह १.३० प्रतिशतले घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा पोजिटिभ सर्किट लागेको छ । उता विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।
धेरै कारोबार भएका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो । रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे । धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र एचआईडीसीएल छन् ।