सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित #नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित
अर्थतन्त्र

आयल निगमको निर्देशन- ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
आयल निगमको निर्देशन- ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्नू
काठमाडौं, कात्तिक ९ :

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ । 

पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार