सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट #एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट
प्रदेश गण्डकी प्रदेश

कालिगण्डकी करिडोरमा स्कार्पियो दुर्घटनामा : मृ*त्यु हुनेको संख्या ६ पुग्यो

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २९ मिनेट अगाडि प्रकाशित
कालिगण्डकी करिडोरमा स्कार्पियो दुर्घटनामा : मृ*त्यु हुनेको संख्या ६ पुग्यो
गुल्मी, कात्तिक ९ :

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  आज अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै  र  एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कार्पियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ–१० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन् ।

घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ 

सम्बन्धित समाचार

कालिगण्डकी करिडोरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते, ४ को अवस्था गम्भीर
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार