काठमाडौं, कात्तिक ९ :
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा खराब सुरुवात गरेको छ। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको सुदूरपश्चिमले १७.२ ओभर खेल्दै पूरै विकेट गुमाएर ८७ रन बनाएको हो।
सुदूरपश्चिमलाई धराशायी बनाउन लुम्बिनीका लागि किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए।
सुदूरपश्चिमका लागि विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमको टिममा रहेका चारै जना विदेशी खेलाडी सस्तैमा आउट भए।