सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल
समाचार प्रदेश गण्डकी प्रदेश

कालिगण्डकी करिडोरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते, ४ को अवस्था गम्भीर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४३ मिनेट अगाडि प्रकाशित
कालिगण्डकी करिडोरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते, ४ को अवस्था गम्भीर
गुल्मी, कात्तिक ९ :

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घटनामा ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे अपराह्न ४ः३० बजे प्रहरी चौकी पुर्तिघाट, गुल्मीमा जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो । 

प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमान्डमा ६ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमान्डमा ५ जना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको कमान्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको छ । 

प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेको छ । तीमध्ये ४ जना घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको छ । घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार