
काठमाडौं, वैशाख २२ :
मेष : रोकिएका काम सुरु हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृष : शुभकार्य हुनेछ । जीवनसाथीको सल्लाहबाट सफलता मिल्नेछ ।
मिथुन : स्वास्थ्यमा ताजगीपन महसुस हुनेछ । धार्मिक भ्रमणको अवसर छ ।
कर्कट : नयाँ सम्बन्ध जोडिन सक्छ । सुखद यात्राको योग छ ।
सिंह : साँझमा धन हात पर्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
कन्या : पुनर्मिलनको योग छ । पुरानो समस्या सुल्झिनेछ ।
तुला : परोपकार कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर छ ।
वृश्चिक : प्रेमीको सहयोग पाइनेछ । आत्मबलमा बढोत्तरी हुने योग छ ।
धनु : स्वास्थ्यमा सुधार आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर : सामाजिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य सुधार हुनेछ ।
कुम्भ : दुविधा भएको विषय समाधान हुनेछ । परिवारमा खुसी छाउनेछ ।
मीन : आएका व्यावधान हराउनेछन् । नयाँ रोजगारीको अवसर ।