धनकुटा, वैशाख २२ :

धनकुटा नगरपालिका ६, औद्योगिक ग्रामको गोलाइमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको को.१ख २१७७ नम्बरको बस दुर्घटना हुँदा धनकुटा ६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा भोजपुर षडानन्द नगरपालिका १३ का २० वर्षीय सूर्यमणि तामाङ, सोही स्थानका ११ वर्षीय अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ४८ वर्षीय कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमहानगरपालिका  १३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर पौवादुम्बा गाउँपालिका ३, च्याङ्रेका ८० वर्षीय गंगाप्रसाद सापकोटा, भोजपुर नगरपालिका ११ की २४ वर्षीया सबिना बराइली, भोजपुर नगरपालिका ११ की ६० वर्षीया देवी विक, धनकुटाको साँगुरीगढी ६ का ६० वर्षीय हंशबहादुर राई, भोजपुर षडानन्द नगरपालिका ११ की ५० वर्षीया पूर्णमाया तामाङ, इटहरी ४ का १७ वर्षीय आयुष राई, इटहरी ४ कै ४५ वर्षीय राजकुमार राई, धनकुटा ६ का ३४ वर्षीय धनकुमार विक, भोजपुर नगरपालिका  १३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी ६ का ६० वर्षीया दीर्घमाया राई रहेको प्रहरीले जनाएको छ ।