
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद रोशन कार्कीले पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रलाई बिना कारण ४० दिनदेखि हत्कडीसहित हिरासतमा राखेको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले आस्थाका कारण सरकारले सुनियोजित ढंगले उनलाई हिरासतमा राखेको भन्दै तीनकुने घटना सरकारले नै गराएको आरोप लगाइन्।
संसदको पाँचौं ठूलो दलको नेतालाई हत्कडी लगाएर थुन्न नपाइने उनको भनाइ थियो ।
उनले जुन पार्टीसँग सरकारको रिस थियो त्यसकै पार्टीमा आगजनी गरिएको उनको जिकिर थियो। प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन समिति गठन हुनु हास्यास्पद भएको बनाइन्। उनले प्रश्न गरिन् , ‘सुशासनभित्र एकजना पार्टीका नेतालाई बिना कारण थुन्न पाइन्छ?’
उनले भनिन् , ‘न्यायिक छानबिन समिति गठन गर्न सरकार किन चाहिरहेको छैन । के दोषी आफै देखिन्छ भनेर सरकारले न्यायीक छानबिन समिति गर्न डराएको हो?’
८५ वर्षीय नवराज सुवेदीलाई नजरबन्दमा राख्नु न्यायचित नभएको जनाउँदै उनले वर्तमान सरकारलाई काथरको संज्ञा दिइन् ।