नवलपुर, वैशाख २२ :

नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित जुक्ति खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर दुई किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार खोलामा डुबेर भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र धर्मचोक, वडा नं. ४ का १६ वर्षीय शिशिर पन्तको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा थुप्रै व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

‘उनीहरू आफ्ना साथीहरूसँग खोलामा नुहाउन गएका थिए,’ प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी भने, ‘पानीमा डुबेको थाहा पाएपछि उद्धार गरिए पनि उनीहरूको घटनास्थलमै ज्यान गइसकेको थियो।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तराईमा गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर वर्षेनी थुप्रै व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।