
कास्की, वैशाख २२ :
पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार गरिएको छ । डुंगामा चढेर ताल सयर गर्न गएकाहरु आज दिउँसो एक्कासी हावाहुरीसहित परेको पानीका कारण तालमै अलपत्र परेका थिए । उनीहरुलाई शसस्त्र प्रहरी र नेपाल आर्मीको टोलीले तत्काल उद्दार गरेको थियो ।
८ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीचभागमा अलपत्र परेका र २ जना तालमा खसेको अवस्थामा उद्धार गरिएको २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए ।
तालबाराही मन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि उद्दार गरिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । पोखरामा दिउँसो एक्कासी हावाहुरीसहित पानी परेको थियो ।