
काठमाडौं, वैशाख २२ :
प्रधानमन्त्री केपी ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज (सोमबार) बुझाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे ।
त्यस अवसरमा प्रतिष्ठानका सदस्यसचिव डा. रवीन्द्रप्रसाद ढकाललगायतको सहभागिता थियो ।