काठमाडौं, वैशाख २३ :

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) प्रतितोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

हिजो (सोमबार) प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज (मंगलबार) बढेर एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज (मंगलबार) एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।