
मेष : रोकिएका काम सम्पन्न हुनेछन् । अध्ययनमा रुचि जाग्नेछ ।
वृष : पशुपालनबाट लाभ मिल्नेछ । सन्तानको साथ पाइनेछ ।
मिथुन : चुनौती पार हुँदै अवसर आइलाग्नेछ । नतिजा उत्कृष्ट देखिनेछ ।
कर्कट : सामाजिक काममा मन जानेछ । जिम्मेवारी थपिने योग छ ।
सिंह : मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।
कन्या : अवसरका लागि जिम्मेवारी आइलाग्नेछ । नयाँ कामको आरम्भ हुनेछ ।
तुला : स्वास्थ्य अनुकूल हुनेछ । सेवामूलक कामबाट सफलता पाइनेछ।
वृश्चिक : भौतिक साधनले भित्र्याउने योग छ । यात्राको प्रक्रिया अघि बढ्नेछ ।
धनु : शुभचिन्तकको साथ प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मकर : परिस्थितिले बिग्रिएका काम सप्रिनेछन् । मिहिनेतको फल पाइने योग छ ।
कुम्भ : प्रतिष्ठा बढोत्तरी हुनेछ । श्रमको फाइदा हात लाग्नेछ ।
मीन : फाइदाको नयाँ स्रोत भेटिनेछन् । प्रयत्नले सफलता दिलाउनेछ ।