राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् ।
उनले भने, ‘यो थाकेको सरकारले जाँगर नचलाइ ल्याएको पुरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ । कृषिलाई व्यापारसँग जोडिएको छ । नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिँदैन ।’ सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ ।
कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि सरकार गठन भएको १० महिनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए ।
नेता वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसंग उल्लेख गर्दै नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनःप्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको वाग्लेको टिप्पणी थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
थप समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य