
हेटौंडा, वैशाख २४ :
बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज (वैशाख २४ गते) सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गएको सोमबारै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो । दिवसको अवसरमा आज काठमाडौं र हेटौंडामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन-२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।