
मेष : पुराना मित्रसँग भेट हुनेछ । प्रेमले सकारात्मक मोड लिनेछ ।
वृष : काममा साथ दिनेहरू बढ्नेछन् । व्यापार र सट्टापट्टामा लाभ मिल्नेछ ।
मिथुन : मनग्ये लाभ हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट : खेती-किसानीमा रमाउने योग छ । फाइदा हुने काम आरम्भ हुनेछ ।
सिंह : पढाइकै सिलसिलामा यात्राको अवसर आइलाग्ला । प्रतिस्पर्धामा विजयी भइनेछ ।
कन्या : मीठो-मसिनो खाने अवसर जुर्नेछ । अध्ययनमा प्रगति हुनेछ ।
तुला : प्रयत्न गर्दा सरसापट भने पाइनेछ । आफन्तको सहयोग पाइनेछ ।
वृश्चिक : व्यापारमा अड्किएको रकम उठ्नेछ । रमाइलो जमघटको योग छ ।
धनु : रचनात्मक कार्यारम्भ हुनेछ । पारिवारिक जमघट हुनेछ ।
मकर : दैनिकीमा परिवर्तन आउनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
कुम्भ : रोकिएका काम बन्नेछ । कीर्तिमानी कामको यश पाइनेछ ।
मीन : जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतिष्ठा हातपार्ने बेला छ ।