आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति स्वास्थ्य

स्वास्थ्यमन्त्रीको स्वीकारोक्ति- कुष्ठरोग नियन्त्रण हुन नसक्नुमा तालमेलको अभाव

प्राथमिकता प्रभावकारी ढंगले निर्धारण गर्न नसक्दा परिणाममुखी बन्न सकेका छैनौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
स्वास्थ्यमन्त्रीको स्वीकारोक्ति- कुष्ठरोग नियन्त्रण हुन नसक्नुमा तालमेलको अभाव
काठमाडौं, वैशाख २५ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग नियन्त्रणका लागि स्पष्ट प्राथमिकता निर्धारण गरी प्रभावकारी रणनीति अनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

काठमाडौंमा बिहीबार सुरु भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हालसम्म गरिएको प्रयासमा तालमेलको अभाव रहेको र रणनीतिकरूपमा अघि बढ्न नसकेको स्वीकार गरे ।

‘हामीले धेरै काम गरेका छौं, धेरैको सहकार्य पनि छ,’ उनले भने, ‘अपेक्षाअनुसार गति आएको छैन। प्राथमिकता प्रभावकारी ढंगले निर्धारण गर्न नसक्दा परिणाममुखी बन्न सकेका छैनौं ।’

कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले कानुनमा व्यवस्था भए पनि कार्यान्वयनमा समस्या रहेको बताए । उनका अनुसार कतिपय कानुन अपूर्ण छन् भने कतिपय योजनाहरु परिस्थिति नबुझी निर्माण गरिएको कारण प्रभावकारी बन्न सकेका छैनन् ।

मन्त्री पौडेलले भने, ‘हाम्रो योजनाको खाका र  प्राथमिकता हामीले नै तय गर्नुपर्छ। डोनर पार्टनरलाई पनि हाम्रो प्राथमिकता यही हो भनेर स्पष्ट भन्नुपर्छ ।’ सम्मेलनमार्फत २०३० सम्ममा नेपालबाट कुष्ठरोग पूर्णरूपमा उन्मूलन गर्ने अठोट लिन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार