काठमाडौं, वैशाख २५ :

नेप्सेको उकालो यात्रा रोकिएको छ । अघिल्लो दिन ६२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने १२.०४ अंकले घटेर २,६६१.६४ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.३४ अंकले घटेर ४४८.८९ अंकमा झरेको छ ।

नेप्सेमा आज (बिहीबार) ३१५ कम्पनीको एक लाख तीन हजार तीन सय १९ पटक कारोबार भए । जसअनुसार तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६५ करोड १७ हजार १५१ रुपैयाँ पुगेको छ ।

आजको दिनमा ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीका सेयर मूल्य घटे । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढ्दा बाँकी समूहको परिसूचक घटे । वाणिज्य बैंक समूहको सूचक ११.३ अंकले घटेर १,३२३.५५ अंकमा झरेकामा विकास बैंक समूहको सूचक ३०.२२ अंकले घटेर ५,३१६.६५ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ । बढी गुमाउने कम्पनीको सूचीमा सिन्धु विकास बैंक अगाडि रह्यो । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा ङादी ग्रुप पावर लिमिटेड परेको छ ।