काठमाडौं, वैशाख २६ :

 

मेष : इच्छाशक्ति बढ्नेछ । कामको जस लिने अवसर पाइनेछ ।

वृष : रचनात्मक कार्य हुनेछ । पारिवारिक जमघटको अवसर छ ।

मिथुन : स्वादिष्ट भोजनको आनन्द पाइनेछ । मान–सम्मान पाइनेछ ।

कर्कट : साथ दिनेहरू बढ्नेछन् । मित्रताको डोरी कसिनेछ ।

सिंह : बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सकिनेछ । रोकिएका काम आरम्भ हुनेछन् ।

कन्या : हौसला बढ्ने योग छ । शत्रुको मनोबल कमजोर हुनेछ ।

तुला : दिगो फाइदा हुने कार्यारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ ।

वृश्चिक : लाभ हुने काम प्रारम्भ हुनेछ । पुराना शत्रुले पनि मित्रताका हात अघि बढाउनेछन् ।

धनु : मनमा शान्ति छाउनेछ । अध्ययनमा उपलब्धि हुनेछ ।

मकर : हिम्मतले जटिल काम सम्पन्न हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ : रोकिएका काम पूरा होलान् । आफन्तजनको सहयोग मिल्नेछ ।

मीन : समय उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ ।