
फाइल तस्बिर।
काठमाडौं, वैशाख २५ :
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थप ३६ जनालाई रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको हो।
रिहा गरिएका ३६ जनामध्ये ३४ जना आपराधिक उपद्रवसम्बन्धी र २ जना राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका थिए। हाल राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जनासहित कुल ५२ जना अझै प्रहरी हिरासतमा रहेका छन्। तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं छन्।
त्यस्तै, आपराधिक उपद्रवसम्बन्धी अनुसन्धानमा रहेका अन्य २१ जना पहिल्यै रिहा भइसकेका छन् । चैत १५ गतेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने करोडौंको जनधनको क्षति पुगेको थियो।