काठमाण्डौं, वैशाख २५ :

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ  ।   

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आजै साँझ भएको भेटवार्ता लगत्तै मन्त्रीपरिषद्को बैठक बसेको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । त्यसलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत सहभागी थिए ।