
काठमाडौं, वैशाख २६ :
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
सुन बिहीबारको तुलनामा आज (शुक्रबार) तोलामा १४ सय रुपैयाँले घटेको छ । चाँदी भने प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा बेचबिखन भइरहेको छ ।
हिजो (बिहीबार) प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।