आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

नेपाल-हङकङबीचको पहिलो खेल रद्द

छनोटमा नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन् । समूह ‘बी’ मा यूएई, कतार र मलेसिया छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
नेपाल-हङकङबीचको पहिलो खेल रद्द
काठमाडौं, वैशाख २६ :

आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहान सबा ८ बजे सुरु हुनुपर्ने खेल टस पनि नभएर रद्द भएको हो । भोलि (शनिबार) बहराइनविरुद्ध नेपालले दोस्रो खेल खेल्नेछ ।

छनोटमा नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन् । समूह ‘बी’ मा यूएई, कतार र मलेसिया छन् ।

समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन् । सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् । प्रतियोगिता खेल्न इन्दु बर्माको कप्तानीमा नेपाली टोली थाइल्यान्ड भ्रमणमा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार