बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति प्रदेश गण्डकी प्रदेश

स्वर्णिम वाग्लेले भने- गभर्नर नियुक्तिमा ठुला दलका बिचौलियाको होडबाजी, अर्बौंको चलखेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
स्वर्णिम वाग्लेले भने- गभर्नर नियुक्तिमा ठुला दलका बिचौलियाको होडबाजी, अर्बौंको चलखेल
नवलपरासी, वैशाख २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको गर्भनर नियुक्तिमा सत्तामा रहेका दुई ठुला दलबीच बिचौलियामा होडबाजी भइरहेको आरोप लगाएका छन्।

पूर्वी नवलपरासीको रजहरमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गर्भनर नियुक्तिको प्रक्रियामा अर्बौं रुपैयाँको चलखेल भएको र यसले देशको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने चेतावनी दिए।

‘यदि नियुक्ति योग्यताका आधारमा हुन्थ्यो भने राष्ट्र बैंकमै काम गरिरहेका अर्थशास्त्री गुणाखर भट्ट गर्भनर भइसक्थे,‘ वाग्लेले भने, ‘तर अहिले योग्य व्यक्तिलाई हटाएर, अर्थतन्त्रको अनुभव नै नभएको व्यक्तिलाई ल्याउने तयारी भइरहेको छ।’

उनले दुई ठूला दलहरू आफैंले निर्णय गर्ने हैसियतमा नभई, तिनका बिचौलियाले कसलाई नियुक्त गर्ने भनेर तानातान गरिरहेको बताए।

वाग्लेले सत्तारूढ दलका शीर्ष नेताहरूमाथि पनि कडा टिप्पणी गरे। ‘देउवा र ओलीले महिनामा ६६ हजार तलब पाउँछन्, तर उनीहरू जिल्ला भ्रमणमा गएका बेला गाडी, खाना र कार्यक्रम मिलाउन दिनमै लाखौं खर्च हुन्छ। त्यो पैसा कहाँबाट आउँछ?’भन्दै उनले नेताहरूले भ्रष्टाचारबाट पैसा उठाउने आरोप लगाए।

उनको भनाइमा, भ्रष्टाचारबाट कमाएको सम्पत्तिको छानबिन नहोस् भनेर नेताहरू सधैं सत्तामा बस्न चाहन्छन्। अख्तियार, प्रहरी, कर्मचारी र अदालतसम्म पनि तिनकै प्रभावमा चलेको आरोप उनले लगाए।

डा. वाग्लेले दुई ठूला दलहरू मिलेर सत्ता चलाउने परिपाटी नै गलत भएको र यो विश्वमै बिरलै पाइने अवस्था भएको बताए। उनको टिप्पणीले गर्भनर नियुक्तिको विषयमा भइरहेको छलफललाई अझ चासोको विषय बनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार