काठमाडाैं, वैशाख २७ :

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको प्रतिक्रिया जनाएका छन् । उनले अब व्यापक मुद्दाहरूमा भारतसँग वार्ता सुरु हुने बताएका छन्।

उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका छन् ।  उनले भने , ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’

‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उनले शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शारिफको प्रशंसा पनि गरेका छन् ।