बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नीति तथा कार्यक्रममा पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
नीति तथा कार्यक्रममा पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी
काठमाडौं, वैशाख २८ :

सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा निर्णयका लागि पेश हुँदै गर्दा सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जारी गरेको ह्विपमा सांसदहरूलाई आजको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नबस्न र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न भनिएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले यसअघि नै आफ्ना सांसदहरूलाई यस्तै ह्विप जारी गरिसकेको छ। सत्ता गठबन्धनभित्र नीति तथा कार्यक्रममाथि साझा मत सुनिश्चित गर्न दुवै दलले ह्विप जारी गरेका हुन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार