काठमाडौं, वैशाख २८ :

 

हिन्दू राष्ट्र पुन:स्थापनाको पक्षमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबा भनिने अनिल बस्नेत आइतबार पक्राउ परेका छन्। काठमाडौं उपत्यकाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि पनि उनलाई राष्ट्रपतिको विरोधमा प्रदर्शनको तयारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गर्दै आएका थिए।

अनिल बाबा पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक कार्यक्रममा धर्म र राष्ट्रियतासम्बन्धी विषयमा सक्रिय देखिएका थिए। उनले नेतृत्व गरेको शिवसेना नेपालले नेपाललाई फेरि हिन्दू राष्ट्र घोषणाको माग गर्दै विभिन्न प्रदर्शन र कार्यक्रम गर्दै आएको छ।

शिवसेनाका कार्यकर्ताहरूले उनको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनेका छन्।  उनलाई बिना ठोस कारण पक्राउ गरिएको दाबी गरिएको छ।

अनिल बाबाको गिरफ्तारीपछि उनका समर्थकहरूले विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।