
फाइल
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज सकिएको छ ।
बैठकले महामन्त्रीद्वयको प्रस्तावहरु परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ
काँग्रेस केन्द्रीय समितिको बैठकमा पेचिलो रुपमा उठेको 'एक्जिट पोलिसी'को विषयमा संविधान संशोधनताका नै निर्णय गर्ने गरी सहमति जुटेको केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।
यसैगरी, पार्टीको महाधिवेशन २०८२ मा गर्ने विषयमा महामन्त्रीले गरेको प्रस्तावमा विधान बमोजिम गर्ने भन्ने सहमति बनेको नेता सतारले जानकारी दिनुभयो ।
गठबन्धनको बिषयमा भने आगामी निर्वाचन ताका नै काँग्रेसभित्र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने निर्णय भएको उहाँको भनाइ थियो ।
सनातन धर्मको विषयमा एजेण्डा नभएपनि आकस्मिक रुपमा आएको तर नेपालको संविधानले उल्लेख गरेका विषय बाहेक अन्य कुनै नयाँ निर्णय पार्टीले नगर्ने निर्णय भएको नेता सतारले जानकारी दिनुभयो ।